गुल्मी-नेपाली हिन्दुहरुले महान चाड दँशै नजिकिएको छ । हुनेलाई त यो धुमधाम रमाईलो र खुसीको पर्व हो तर दिनभरी मजदुरी गरेर साँझ छाक टार्नेहरुालाई के दशैं के अरुबेला सँधै उस्तै हुन्छ । उनीहरुका लागि त बरु दशैं नआइदिए हुन्थ्यो जस्तो लाग्छ । तर यो पीडा कसैले बुझ्दैन ।
यी बाध्यतालाई बुझेर गायक अर्जुन कुँवरले बजारमा ल्याएको ‘हे दैव’ निकै लोकप्रीय बनेको छ । निकै मर्मस्पर्शी गीत भएकोले गत ‘ मा सार्वजनिक भएको यो गीत ११ दिनमै डेढ लाख नेपालीले हेरेका छन् ।
पितृ बुढोको नामले चिनिएका अर्जुन कुँवर र सरिता शाहीको स्वर रहेको यो गीतमा गरिब परिवार जसले दिनभरी मजदुरी गर्दा पनि बिहान बेलुका छाक टार्न गारो भएको विषय बस्तुलाई समावेश गरिएकोछ।
आफू हाँस्य कलाकार भएपनि सँधै दर्शकलाई रुवाउने गीत गाउने अर्जुनले आँशुको कारखाना, लिलामी ,आँशुको शहर, शासन जस्ता चर्चित गीतमा आवाज दिइसकेका छ्न। गीतमा चर्चित सर्जक तथा गायक गणेश अधिकारिको लय तथा शब्द रहेको छ् । स्मृती तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको गीतलाई करन चैसिरले छायांकन गरेका छ्न । भने श्याम मल्लको श्रृङ्गार र शिव पौडेल को समपादन रहेको गीतमा आशिर प्रताप जङ्ग , अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ भने पुरुषोत्तम ढुंगाना र बाल कलाकार सभिरा बोहोराले साथ दिएका छ्न। योग्सना डिजिटल म्युजिक प्रा लि बाट बजारमा आएको छ । यो गित कलाकार अर्जुन कुवर ‘पित्री बूढो’ को आफ्नै अफिसियल युट्टुब च्यानल बाट सार्बजनिक भएको छ ।
हेर्नुहोस् भिडियो