इस्मा गाउँपालिकामा बाख्रापालन व्यावसाय फस्टाउँदै अनुदान पाएपछि खोरभरी बाख्रा

टोपलाल अर्याल
गुल्मी, २२ असोज

इस्मा गाउँपालिका ५ बोहोरापानीकी भागीरथी कुवंरले सहकारी मार्फत सवैभन्दा बढि खसी बोको बेचेर २६ हजार भर्खरै अनुदान पाइन् । उनले सहकारी मार्फत ५ सय ४५ किलो मासु बेचिकी थिइन् । उनको खोरमा दुई बर्ष पहिले दुई÷तीन वटा बाख्रा मात्रै थिए । अहिले पनि ४० वटा खसी बोका छन् । १९ बर्ष परदेश बसेका श्रीमान खडग बहादुर कुवर दुई बर्षदेखि घरमै छन् । जसका कारण कुवंर परिवारमा बाख्रा पालन व्यावसायको मोह बढेको छ । त्यहि कर्मले अहिले उत्कृष्ट अनुदान प्राप्त गर्ने कृषकको रुपमा स्थापित गरेको छ । ‘श्रीमतीले पहिलेबाटै थोरै बाख्रा पाल्थिन म फर्केर त्यसलाई व्यावसायीक बनाएँ,’खडगले भने,‘राम्रो सफलता कमाएको छु, उत्कृष्ट अनुदानले अझै मनोबल थपिएको छ ।

इस्मा ३ दर्लामचौरकी कमला जिसीकोमा पनि डेढ बर्ष पहिलेसम्म ५ वटाबाट माउ बाक्रा मात्रै थिए । अहिले पनि ४१ वटा बाख्राले खोर भरिएको छ । उनले यो बर्ष मात्रै सहकारी मार्फत ४ सय ४ किलो ज्युदो मासु बेचिन । त्यो बापत भर्खरै गाउँपालिकाबाट १९ हजार ९ सय ९५ अनुदान पाइन । श्रीमान सुर्य जिसि ११ बर्षदेखि कतार छन् । उनले बाख्रा पालनबाटै खर्च कटाएर बर्षको एक÷डेढ लाख नाफा कमाउँछिन् । गाउँपालिकाको अनुदानले थप उत्साह जिसीलाई मिलेको छ ।

उनीहरु प्रतिनिधी पात्र हुन् । स्थानीय तहले उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएपछि स्थानीय कृषकहरुमा कृषि कर्मप्रतिको उत्साह बढेको छ । कृषि र पशुपालन मार्फत स्थानीय नागरिकको आर्थिक समृद्धिका लागि इस्मा गाउँपालिकाले हेफर द्रोसो चरणसंगको साझेदारीका सहकारी मार्फत कृषि उत्पादन र त्यसको बजारीकरणमा रचनात्मक काम गरिरहेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । त्यो मध्ये पहिलो काम हो, उत्पादनमा आधारित अनुदान ।

इस्मा गाउँपालिकाले यो बर्ष २ सय ५ जना कृषकहरुलाई १४ लाख ५९ हजार २ सय ५१ रुपैयाँ अनुदान वितरण गरेको छ । सवैभन्दा बढि मासुमा १ सय ८१ जनाले अनुदान पाएका छन् । भने दुध र बिमा गरे बापत गाउँपालिकाले अनुदान वितरण गरेको बिष्टले जानकारी दिए । गाउँपालिकाले मासुको प्रतिकिलो ५० र दुधमा प्रति लिटर ५ रुपैयाँ अनुदानको व्यावस्था गरेको छ । भने आलु, कोदो तथा तरकारीको क्षेत्रमा पनि थुप्रै काम गाउँपालिकाले गरेको छ ।

हेफर मार्फत एकीकृत ग्रामीण विकास समाज र इस्मा गाउँपालिकाको समन्वयमा अमरपुर र इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिडेटको सवलिकरण गर्दै गाउँका उत्पादनको बजारीकरण भइरहेको छ । करिव १७ सय महिला आवद्ध दुई सहकारीले करिव दुई÷दुई करोडको आर्थिक कारोबार गर्छन् । गत बर्ष मात्रै सहकारी मार्फत १८ सय ६४ खसी बोका बिक्री भएका छन् । अझै गाउँमा ७ हजार १ सय बाख्रा पालन गरिएको छ । पशुपालन मार्फत महिलाकोहरुको आर्थिक उपार्जन र बानी व्याबहारमा समेत सहयोग पुगेको साझेदार संस्था एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विकले बताए ।

०७२ सालमा नवप्रभात युवा संघले हेफर इन्टरनेशनलसंगको साझेदारीमा अम्मरपुर र उत्पीडित समुदाय उत्थान केन्द्र मार्फत इस्मा रजस्थलमा व्यावसायीक बाख्रापालन सुरु गरिएको थियो । उक्त परियोजनाले किसानहरुको समुह गठन, मासिक बचत संकलन, बाख्रा वितरण, तालिम लगायतका कार्यक्रममा सहयोग गरेका थिए । अहिले खसीबोका उत्पादन र बजारीकरणमा एकीकृत ग्रामीण विकास समाजले गाउँपालिकासंगको समन्वयमा काम गरिरहेको छ । अम्मरपुरमा अहिले बाख्राको संख्या करिव २३ सय पुगेको छ । भने इस्मा रजस्थल र दर्लामचौरमा ४८ सय बाख्रा रहेको परियोजना संयोजक भरत भण्डारीले बताए ।
अमरपुर कृषि तथा पशु विकास महिला सहकारी संस्थाले आफ्नो पुँजी करिव ८० लाख पुराएको छ । भने करिव एक करोड ८३ लाखको कारोबार गर्दै आएको छ । सहकारीले गत बर्ष ८८ लाखका खसी बोको खरिद बिक्री गरेको छ । भने दाना बिक्रीबाट ४१ हजार ६ सय ३० र बिमा बापत १ लाख ११ हजार ९ सय ४७ रुपैयाँ सहकारीले आम्दानी गरेको व्यावस्थापक गोमा गौतम जिसीले बताइन् ।
त्यस्तै इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको ७८ लाख ४४ हजार ६ सय १३ पुजी छ । भने २ करोड २२ लाख ३२ हजार ५ सय ८९ बराबरको कारोबार सहकारीले गर्दै आएको व्यावस्थापक तुलसा भण्डारीले जानकारी दिइन् । सहकारीले गत बर्ष एक करोड ३४ लाख बराबरको खसीबोका खरिद बिक्री, ११ लाख बराबरको बिउ पाठी खरिद, ५१ हजारको दाना बिक्री गरेको भण्डारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap