गुल्मीको धुर्काेट गाउँपालिका वडा नम्बर ६ स्थित धुर मा.विमा हाजिरी जवाफ प्रतियोतिता सम्पन्न

गुल्मी – गुल्मीको धुर्काेट गाउँपालिका वडा न. ६ स्थित धुर माध्यमिक विद्यालयमा साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
जसमा अस्कुना धाम सदनका प्रदिप पाण्डे, ममता पाण्डे, र विजय जि.सि प्रथम, धुर्कोट सदनका राजु जि.सि, धना कुवँर र सन्देश थापा द्धितिय र कुमारी देवि सदनका विन बहादुर सामत, प्रसँसा कुवँर र अनिल पाण्डे तृतिय भएका छन् ।
यस्तै आधारभुत तह कक्षा ६ देखि ८ सम्मको अक्षर लेखन प्रतियोगितामा कक्षा ८ का छात्रा प्रसँसा कुवँर प्रथम, कक्षा ७ का अस्मिता नेपाली द्धितिय र कक्षा ६ का छात्रा प्रतिभा परियार तृतिय भएका छन् ।
कार्यक्रममा अक्षर लेखन प्रतियोगितामा प्रथम, द्धितिय, र तृतिय हुनेलाई विद्यालयका प्रशासनिक सहायक राजु पछाईले पुरस्कार सौजन्य गर्नुभएको थियो ।
विद्यालयका सम्पुर्ण शिक्षकहरुको आतिथ्यता रहेको कार्यक्रमको सभाध्यक्ष विद्यालयका निमित्त प्रधानाध्यपक दुर्गाप्रसाद भण्डारी रहनुभएको थियो । कार्यक्रमको संचालन शिक्षक बासुदेव खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap