गुल्मीको धुर्कोटमा चलिरहेको मेलमिलाप सम्वन्धी ४८ घण्टे आधारभुत तालिमको छैठौ दिनको कार्यक्रम सम्पन्न

राधा पोखे्रल
गुल्मी माघ २८
गुल्मीको धुर्कोट गाउपालीका ४ बर्बोट गुल्मीमा चलिरहेको मेलमिलाप सम्वन्धी ४८ घण्टे आधारभुत तालिमको आज छैठौ दिनको कार्यक्रम सम्पन्न भएको छ ।
आज शान्तीका लागि समग्र बिकास संस्थाका अध्यक्ष बिद्या खनाल , कविता अधिकारी र धुर्कोट गाउपालीका कानुनी सल्लाहकार बिष्णु प्रसाद बलालले तालिममा सहजिकरण गर्नुभएको थियो ।

धुर्कोट गाउपालीकाका प्रत्येक वडाका ३-३ जना गरि २१ जना र न्यायिक समितिका सदस्य कमला घर्ति र भिम प्रसाद पन्थीको सहभागिता रहेको छ ।
सहभागिहरुले तालिम पश्चात स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार अनुसारका ११ किसिमका मुद्धाहरुलाई मेलमिलापको माध्यमबाट सहजिकरण गर्नेछन ।
तालिमको अनुगमन गाउपालीका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शिब बहादुर खत्रीले गर्नुभएको थियो । तालिमको भोलीे समापने हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap