गुल्मीको धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

गुल्मी –धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आज गाउँपालिकाकोे सभा हल बर्बोटमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विभिन्न शाखा प्रमुख, सम्पुर्ण वडाका वडाध्यक्षहरु, वडासचिवहरुले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । यस चौमासिक ८५ प्रतिशत लागत अनुमान गरिसकिएको र सोहि अनुमानमा योजना सम्झौता सम्पन्न गरिएको बताइएको छ । जस अनुसार चालुतर्फ २०.२३ प्रतिशत र पँुजिगत तर्फ ६.३ प्रतिशत रकम खर्च भएको गाउँपालिकाले जनाएको छ । समग्रमा यस चौमासिक भित्रमा गाउँपालिकाको लक्ष्य अनुसार प्रगति भएको बताइएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका शाखा प्रमुख, सम्पुर्ण वडाका वडाध्यक्ष, वडासचिव, वडासदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका योजना शाखा प्रमुख खड्क बहादुर थापाले गर्नुभएको गाउँपालिका प्रवक्ता कविता वि.क ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap