गुल्मीको धुर्कोट गाउँपालिका ६ रजस्थलमा खानेपानि तथा सरसफाइ उपभोक्ता समिति गठन

गुल्मी-गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा घोस धुर खानेपानि आयोजना अन्तर्गत धारापानि धुर भिरथोक खानेपानि तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ ।

धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एक घर एक धारा खानेपानि आयोजना पुर्याउने लक्ष्य अनुसार उक्त योजनाको ५० घरधुरीमा एक घर एक धारा खानेपानि आयोजना सम्पन्न गरिएको छ । घोस धुर खानेपानि उपभोक्ता समितिका अध्यक्ष निम बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आथित्यता रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले घोस धुर खानेपानि आयोजना २०६४ सालमा सुरुवात भएको र अहिले १३ बर्षपछि भएपनि स्थानिय सरकार गठन पश्चात आफुले पुरा गर्न पाउँदा खुसि लागेको बताउनुभयो ।
धुर्कोट रजस्थल ६ कोट मुनिका जनताले हरेक निर्वाचनमा उम्मेदवार बन्ने र विजयी हुने जनप्रतिनिधिलाई खानेपानिकै समस्या राख्ने गरेको र अहिले जनताको आकाँक्षा पुरा गरेपछि जनताको मुहारमा खुसि देख्न पाउँदा आफुहरु अझै विकास निमार्णमा उत्प्रेरित भएको बताउनुभयो ।

अब धारामा पानि खसेर मात्रै नहुने र यसको व्यवस्थापनमा उपभोक्ता नै जागरुक बन्नुपर्ने, खानेपानि सँगै घरको करेसाबारीमा तरकारी उत्पादनको साथै सरसफाईमा विशेष ध्यान पुर्याउनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भिर्थाेक नियालेपानि र तिलारका महिलाहरु टाढाबाट पानि बोक्नुपर्दा विभिन्न रोगको सिकार बन्नुपर्ने, पानि बोक्ने समय खेर गएको र मानसिक रुपमा समेत तनाव बोक्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

कार्यक्रममा धुर्कोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण नेपाली, धुर्कोट गाउँपालिका वास सँयोजक छविलाल विश्वकर्मा, वडा सचिव मिन बहादुर घर्ति, वास प्रतिनिधि लालमणि भण्डारी, घोस धुर खानेपानि उपभोेक्ता समितिका सचिव राजु पछाई खानेपानि सरसफाई उपभोक्ता समितिमा नवगठित
अध्यक्ष शेरबहादुर सामत, उपाध्यक्ष नरबहादुर सार्कि, सचिव शारदा के.सि., कोषाध्यक्ष टिका बहादुर खड्का, सदस्यहरु विमला खड्का, पदम के.सि., सुना नेपाली, पुष्पा घर्ति, ओमबहादुर पोखरेल रहनु भएको छ । कार्यक्रमको सञ्चालन पुष्कर खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap