गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुमा रहेको छल्दी युवा क्लबको साधारण सभा तथा कार्यसमिति पुर्नगठन कार्य सम्पन्न

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका वडा न. ५ वस्तुमा रहेको छल्दी युवा क्लबको साधारण सभा तथा कार्यसमिति पुर्नगठन कार्य एक कार्यक्रमका बिच आज सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा छल्दी युवा क्लबका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता, हिमालय माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक रामप्रसाद भण्डारीको प्रमुख आथित्यता, नेपालबार एसोसिएसन गुल्मीका प्रासद बोमलाल भण्डारीको विशेष आथित्यता, शिक्षक महासँघ धुर्कोट गाउँपालिका अध्यक्ष ऋिषिराम पाण्डेको आथित्यता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षक महासँघका अध्यक्ष ऋिषिराम पाण्डेले यस क्लब धुर्कोट गाउँपालिकाको नमुना क्लबको रुपमा रहेको र आगामि दिनहरुमा पनि यस्तै रचनात्मक कार्यहरु गर्दै अघि बढ्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका कोषाध्यक्ष सुरज पाण्डेले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साथै सोहि अवसरमा क्लबको नयाँ कार्य समिति पुर्नगठन समेत गरिएको छ । जसको अध्यक्षमा सुवास पाण्डे, उपाध्यक्षमा रुमकला थापा, सचिवमा विकास भण्डारी, सहसचिवमा अञ्जना भण्डारी, कोषाध्यक्षमा सरस्वति भण्डारी सहितको ११ सदस्यहरु रहेका छन् ।
त्यसैगरी क्लबको सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा सल्लाहकार सँयोजक बोमलाल भण्डारी, सदस्यहरु ऋिषिराम पाण्डे, रामप्रसाद भण्डारी, शोभाकर भण्डारी, पिताम्बर भण्डारी र सुचना सल्लाहकार सुरज पाण्डे सहित ६ जना सल्लाहकार सदस्यहरु रहेका छन् । क्लबका सदस्य पिताम्बर भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य शोभाकर भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap