गुल्मीको धुर्कोट गाउपालीकामा जिउदो खसी बोका बितरण

गुल्मी
गुल्मीको धुर्कोट गाउपालीकामा खसी बोका बितरण कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रम गरि ५ सय ५२ किलो जिउदो खसी बोका बिक्रि गरिएको हो ।
सहकारी मार्फत बेच्ने किसानलाई प्रतिकिलो रु ३० र सहकारी व्यवस्थापन तथा रेकडिङ को लागि गाउपालीकाबाट रु ५ अनुदान दिने व्यवस्था रहेको छ ।
२० केजी भन्दा तलको लागि रु ४ सय २५ ,२१ देखि २९ केजि सम्मको लागि ४ सय ५० , ३० देखी ३९ सम्मको लागि ४ सय ७५ र ४० केजि भन्दा माथिको लागि ५ सय रुपैया मुल्यमा जिउदो खसी बोका बिक्रि गरिएको हो ।
कार्यक्रममा दिदिबहिनी कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष कमला भण्डारीको अध्यक्षता,गाउपालीका उपाध्यक्ष शिब बहादुर खत्रीको प्रमुख आथित्यता, पशु बिकास शाखा प्रमुख श्याम कार्कीको बिशिष्ट आथित्यता, वडा नम्बर ५ का वडाध्यक्ष ढुण्डिराज भण्डारी, रेडक्रसका पुर्व सभापति चन्द्रमणि पाण्डे , लोकतान्त्रीक कृषि समुहका अध्यक्ष लालमणि भण्डारी को आथित्यता रहेको थियो ।
वडा सदस्य बिष्णुमाया भण्डारीको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रमको सन्चालन मुना थापाले गर्नुभएको पशु सेवा प्राबिधिक निरज जिसिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap