गुल्मीको धुर्कोट ६ कोटमा रहेको स्मार्ट सेलको टावरमा अज्ञात समुद्धारा आगजनि

कृष्ण केसी, माघ १३ गुल्मी – गुल्मीको धुर्कोट गाउपालिका ६ रजस्थल कोटमा रहेको स्मार्ट सेलको टावरमा गएराति अज्ञात समुहले आगजनि गरेको छ ।

गय राति करिब ११ बजेको समयमा एक्कासि आगाको मुस्लो देखेपछि स्थानियले बस्तु प्रहरि चौकिमा खबर गरेको र स्थानिय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । धुर्कोट प्रहरि चौकिका इन्चार्ज लोकमान तामा्रकारले दिनुभएको जानकारि अनुसार आगजनि गर्ने समुहको पहिचान भइनसकेको र खाजिकार्य भईरहेको छ । राति नै इलाका प्रहरि कार्यालय पुर्कोटका प्रहरि निरिक्षक पङकज चुडालि सहितको टिमबाट क्षतिको विवरण संकलन तथा मुजुल्का उठाउने काम गरिएको थियो ।

अनुसन्धानको क्रममा स्मार्ट टावरको मुल्य मेसिन ओडि मा जुटको बोरामा पेटो्रल छर्कि आगजनि गरेको देखिएको र आगजनि बाट मुख्य मेसिन ओडि पुर्ण रmपमा क्षति भएको छ टावर र अन्य सरंचना भने सुरक्षित रहेको समेत बस्तु प्रहरि चौकि ईन्चार्ज तामा्रकारले जानकारि दिनुभयो । आगजनीबाट स्मार्ट सेलको सेवा पुर्ण रुपमा ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap