गुल्मीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मी – गुल्मीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुसिकोट नगरपालीकाका कर्मचारीहरुमा परिक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । ३३,४१,२५,२७,७३ वर्षिय पुरुष र ३२ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले पुष्टि गर्नुभयो ।

नगरपालीकाका कर्मचारीमा कोरोना संक्रमण देखिएसगै नगरको कामकाज एक साताको लागि बन्द गरिएको छ । संक्रमण पुष्टि भएकाहरुलाई होम आइसोलेसनमा पठाइसकिएको र कन्ट्राक ट्रेसिङको काम भोलीदेखि सुरु गरिने नगर प्रमुख सापकोटाले बताउनुभयो । यो सगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४ सय ६६ पुगेको छ । जिल्लामा संक्रमित २२ जना रहेका छन । जिल्लाका क्वारेन्टाइनमा १७० जना, होम क्वारेन्टाइनमा १४८ जना रहेका छन भने २४१ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट हालसम्म जिल्लामा ३ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap