काठमाडौं – आज थप १२ सय १७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।आज १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।