धुर्कोट गाउँपालिकामा पञ्जिरकण र राजस्वको प्रशिक्षण कार्यक्रम सम्पन्न

गुल्मी, मंसिर २९ ।
धुर्केट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन र राजस्व सम्बन्धी तालिमको समापन भएको छ ।
सोमबार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा घटना दर्ता सम्बन्धी चार दिने र राजस्व सम्बन्धी दुइ दिने तालिमको एक साथ समापन भएको हो ।

धुर्कोट गाउँपालिका राजश्व इकाईको आयोजनामा २१ र २२ गते राजश्व सम्बन्धी तालिम र २३ गते देखि चार दिन सम्म पञ्जीकरण सेवा इकाईको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकालाई प्रविधि मैत्री बनाउनका लागि यो प्रशिक्षण महत्वपूर्ण रहेको भन्दै वडा नं. ४,५ र ६ मा पौष १ गते देखि राजश्व र व्यक्तिगत घटना दर्ता अनलाइ मार्फत गर्ने र क्रमश अन्य वडामा समेत सुरुवात हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जनतालाई सहज रुपमा सेवा प्रदान गर्नका लागि यो प्रशिक्षणले सहयोग गर्ने बताउदै राजश्वलाइ चुस्त दुरुस्त तथा व्यक्तिगत घटनालाई प्रविधि मैत्री बनाउने कार्यको सुरुवात हुनु सुखद रहेको बताउनुभयो ।

गाउँपालिका भित्रका सम्पूर्ण वडाका वडा सचिव र कृषि तथा पशु प्राविधिकलाई सञ्चालन भएको प्रशिक्षणको प्रशिक्षक दुइ दिने राजस्व सम्बन्धी तालिमको समिर अधिकारी, दामोदर पौडेल र चार दिने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धी तालिमको प्रशिक्षक गाउँपालिकाको एम.आइ.एस. अपरेटर झविन्द्र भण्डारीको रहेको थियो ।

कार्यक्रममा राजस्वको तर्फबाट विना खनाल, प्रशिक्षकको तर्फबाट झविन्द्र भण्डारी र सहभागीको तर्फबाट वडा नं. ६ का वडा सचिव मिन बहादुर घर्तिले मन्तव्य राख्नुभएको थियो । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काषिराम पन्थीको अध्यक्षता रहेको समापन कार्यक्रम पञ्जिकरण सेवा इकाईका फिल्ड सहायक रमेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap