धुर्कोट गाउँपालिकामा राजश्व र व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गर्ने कार्यको सुभारम्भ

पौष १, गुल्मी ।
धुर्कोट गाउँपालिकामा राजश्व संकलन र व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गर्ने कार्यको सुभारम्भ भएको छ ।
बुधबार गाउँपालिकाको केन्द्र सँगै पहिलो चरणमा वडा नं. ४, ५ र वडा नं. ६ बाट राजश्व र व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गर्ने कार्यको सुभारम्भ भएको हो ।
अब गाउँपालिकाको केन्द्रबाट संकलन हुने जुनसुकै राजश्वको विल हस्तलिखित हुने छैनन् सफ्टवेयरका माध्यमबाट राजश्वको विल काटिने छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले राजश्वको अनलाइन मार्फत गर्ने कार्यको सुभारम्भ गर्नु भएको थियो ।
गाउँपालिकाले पहिलो चरणमा वडानं. ४, ५ र वडा नं. ६ बाट राजश्व र व्यक्तिगत घटना दर्ता एकै साथ अनलाइन मार्फत गर्न थालेको छ ।
अनलाइन मार्फत सुरुवात गर्ने क्रममा वडा नं. ४ मा जन्म दर्ता वडा नं. ५ मा बसाइसराइ दर्ता र वडा नं. ६ मा जन्म र विवाह दर्ता अनलाइन मार्फत गरिएको थियो ।

वडा नं. ४ मा वडा अध्यक्ष मान बहादुर कुवँर त्यस्तै वडा नं. ५ मा वडा अध्यक्ष ढुण्डीराज भण्डारी र वडा नं. ६ मा वडा अध्यक्ष कृष्ण नेपालीले एकसाथ सुभारम्भ गर्नुभएको थियो ।
 शुभारम्भ कार्यक्रममा वडा सचिवहरु सुबास पन्थी, माया गैरे, मिन बहादुर घर्ती त्यस्तै गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवराज आचार्य, सांग्रिला माइक्रोसिस्टम प्रा.ली.का समिर अधिकारी, रजश्व इकाईबाट विना खनाल, पञ्जीकरण सेवा इकाईबाट एम.आइ.एस. अपरेटर झविन्द्र भण्डारी र फिल्ड सहायक रमेश पाण्डेको समेत उपस्थिती रहेको थियो ।  
 गाउँपालिकाले केही दिन भित्रै गाउँपालिकामा बाँकी रहेका सवै वडाहरुबाट समेत राजश्व संकलन र व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap