धुर्कोट गाउपालीकाको आगामी आर्थिक वर्षको बजेट , रोजगार र उत्पादनमा जोड


राधा पोख्रेल
गुल्मी, असार १०
गुल्मीको धुर्कोट गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत भएको छ । बुधबार आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रम अध्यक्ष भुपाल पोख्रेलले गाउँ सभामा पेश गर्नुभएको थियो ।
धुर्कोट गाउपालीकाले आगामी आर्थिक वर्षको लागि ४९ करोड १८ लाख रुपैया बराबरको बजेट पेश गरेको छ ।
गाउपालीकाले आगामी आर्थिक बर्षमा रोजगार र उत्पादनमा जोड दिएको छ ।
गाउसभामा उपाध्यक्ष शिब बहादुर खत्रीले बिषयगत कार्यालयको ससर्त अनुदान २४ करोड १२ लाख ,चालु खर्च ६ करोड ५० लाख र पुजिगत खर्च १८ करोड ९८ लाख गरि सो बजेट प्रस्तुत गर्नूभएको हो ।
बजेटमा गाउपालीकाले वडाहरुलाई आर्थिक,सामाजीक,भौतीक पुर्वाधार, बन वातावरण तथा बिपद व्यवस्थापन र संस्थागत बिकास गरि वडा नम्बर १ लाई ४२ लाख, वडा नम्बर २ लाई ४१ लाख, वडा नम्बर ३ लाई ४४ लाख, वडा नम्बर ४ र ५ लाख ४० ४० लाख, वडा नम्बर ६ लाई ४१ लाख र वडा नम्बर ७ लाई ४४ लाख बजेट बिनियोजन गरेको छ ।
यस्तै गाउपालीकाले निति तथा कार्यक्रममा कोभिड १९ कोरोना भाइरस समुदाय स्तरमा फैलिन नदिनको लागि बिभिन्न चेतनामुलक कार्यक्रम गरिने , कोभिड १९ का कारण भारत तथा अन्य देशहरुबाट फर्किएका जनशक्तिलाई कृषि पेशामा आकर्षित गर्न बिभिन्न अनुदान, तालिम र प्रबिधिको व्यवस्था गरि कृषि ऋणको व्याजमा अनुदान दिइने,सुन्तला,कागती लगायत अमिला जातका फलफुल ,अदुवा,कफि, केरा, खुर्सानी ,मसला वाली , तथा नगदेवालीलाई प्रवद्र्धन र बिकास गरिने उल्लेख गरेको छ ।
यस्तै प्रदेश सरकारसगको सहकार्यमा गाउपालीकाको वडा नम्बर १ नगाँयाउँमा सुन्तला नर्सरीको श्रोत केन्द्र स्थापना गरिने ,गाउपालीकाको केन्द्र बर्बोटमा हाटबजार सन्चालन गर्ने,प्रत्येक वडाहरुमा घुम्ती हाटबजार सन्चालन गरिने , गाउपालीका भित्रको वर्षौदेखिको बाझो जग्गामा खेतियोग्य बनाउनको लागि यसै वर्ष अनुदान घोषणा गरिएको र उक्त कार्यलाई निरन्तरता दिइने, बिभिन्न खाद्य तथा तरकारी वालीको रैथाने बिउ उत्पादनमा जोड दिइने,प्रदेश सरकारको सहकार्यमा गाउपालीकाको केन्द्रमा निर्माण गरिएको सित भण्डारमा बिउका लागि राखिने आलुमा बिद्युत महसुल ५० प्रतिशत अनुदान र सुन्तला,अन्य तरकारी र खाने आलुका लागि २५ प्रतिशत बिद्युत महसुलमा अनुदान उपलब्ध गराइने पनि निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै अर्गानिक मौरीपालन व्यवसायका लागि कृषक समुह तथा पकेट क्षेत्र बनाई कार्यान्यवन गरिने र व्यवसायिक च्याउ खेति कार्यक्रम सन्चालन गरिने , उत्पादनमा वृद्धिमा जोड दिइने , सामुदायिक बिकासका लागि बाख्रा उद्यम परियोजना वडानम्बर १,२,३ र ७ मा सन्चालनमा रहेको र यसवर्ष पनि यसलाई निरन्तरता दिइने, दुध उत्पादनमा बृद्धिका लागि गाइ तथा भैसि पालन कार्यक्रम ल्याई बिभिन्न अनुदान दिइने, १ वर्ष भित्र अण्डामा आत्मनिर्भर बनाउनका लागि कुखुरा पालन व्यवसाय लाई बिशेष जोड दिइने,घास खेतिलाई व्यसायिकरण गर्ने, घासको नर्सरी स्थापना गरिने र उत्कृष्ट किसानलाई पुरस्कृत गरिने छ ।
यस्तै बिभिन्न सिप भएका व्यक्तिहरुबाट उत्पादित बस्तुहरुको बजारीकरणका लागि गाउपालीकाको केन्द्रमा कोशेली घर स्थापना गरिने ,उत्पादित बस्तुहरु डोका,नाम्ला, नाङलो , डाला,मान्द्रा ,हलो जुवा लगायत लाई बजारिकरण गरिने ,हाडहाडेको धनमुडा, सोमरभोमर लगायत गाउपालीकाको बिभिन्न क्षेत्रमा रहेका सम्भावित फलाम तथा तामा खानीहरुको खोज अनुसन्धानका लागि प्रदेश र संघिय सरकारसग समन्वय गरिने ,दलित ,महिला, अपाङग र जनजातीहरुद्धारा सन्चालीत घरेलु उद्योगहरुको लागि अनुदानमा प्राथमिकता दिइने , प्रत्येक वडामा सुपथ मुल्य पसल सन्चालनका लागि प्रक्रिया अगाडि बढाइने निति तथा कार्यक्रममा समावेश छ ।
यस्तै गाउपालीका भित्र रहेको एक मात्र बहुमुखी क्याम्पस धुर्कोट परमानन्द बहुमुखी क्याम्पसलाई स्तरोन्नतीको लागि प्रदेश सरकारसग पहल गरिने, अभिभावक बिहिन बिद्यार्थिहरुको लागि आवासिय बिद्यालय र कक्षा १२ सम्मको अध्ययनको सम्पुर्ण जिम्मेवारी गाउपालीकाले लिने ,गाउपालीका केन्द्रमा पुस्तकालय स्थापना गरिने , गाउपालीका भित्र एक घर एक धारालाई द्रुत गतिमा अघि बढाउने, गाउपालीकाका सम्पुर्ण वडाहरुमा पुर्ण सरसफाई अभियान सन्चालन गरि पुर्ण सरसफाई टोल घोषणा गरिने ,मदिराजन्य वस्तुको सेवन र बेचबिखन कार्यको न्युनिकरण लाई निरन्तरता दिइने ,बाल बिबाह,जातिय भेदभाव ,छुवाछुत लगायतका बिकृति अन्त्य गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रम सन्चालन गरिने ,बिद्युत नपुगेका वस्ती र घरहरुमा बिद्युत पुर्याएर उज्यालो गाउपालीका घोषणा कार्यक्रमको आवश्यक तयारी गरिने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap