धुर्कोट ५ वस्तुको ठाकुरडाडा रानाचौर जोड्ने चिलिखोला झोलुङगे पुलको उद्घाटन

राधा पोख्रेल
गुल्मी ,असार २९
गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ५ वस्तुको ठाकुरडाडा रानाचौर जोड्ने चिलिखोला झोलुङगे पुलको उद्घाटन गरिएको छ ।

१ सय २ मिटर लम्बाई र ३६ मिटर उचाइ रहेको उक्त पुलको २०७६ साल पुष १६ गते शिलन्यास गरि सुरुवात गरिएकोमा कोरोना भाइरस संक्रमणको जोखिमको कारण स्थगित गरिएको थियो । २०७७ साल बैशाख २ गतेबाट उक्त पुललाई निरन्तरता दिएर जेठ २८ गते काम सम्पन्न गरिएको हो । पुल सम्पन्न गर्नको लागि सृजनशील सामुदायिक बिकास केन्द्र र सेवक नेपालको प्राविधिक सहयोग रहेको थियो । कुल ३७ लाख ५५ हजार ८ सय १५ लागतमा निमार्ण सम्पन्न गरिएको उक्त पुलको आज गाउपालिका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

सामाजिक दुरी कायम गरी गरिएको उद्ध्घाटन समारोहमा पुल निमार्ण समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता ,गाउपालीका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष ढुण्डीराज भण्डारी ,सेवक नेपाल नेपालगन्जका प्राविधिक अधिकृत दैन्द्र राई ,सृजनशील सामुदायिक बिकास केन्द्रका प्रतिनिधि नरेश भण्डारी , नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा नम्बर ५ का अध्यक्ष केशवराज भण्डारी ,नेपाली काङग्रेशका वडानम्बर ५ का पार्टी सभापति तारा प्रसाद भण्डारी,वडा सदस्य नरहरी भण्डारी ,धुर्कोट परमानन्द बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्र्रसाद भण्डारी ,हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक मदन कुमार सिंह,सुरक्षाकर्मि, पत्रकारहरुको आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले आफ्नो कार्याकालको तेस्रो वर्षसम्म २ वटा पुल सम्पन्न भएको बताउनुभयो । पुल निर्माण सम्पन्न भएसगै आवतजावतमा धेरै सहज भएको भन्दै उहाले समयमै पुल सम्पन्न गरेकोेमा धन्यावाद दिनुभएको थियो ।
चिलिखोला झोलुङगे पुलबाट बन्जीजम्प सन्चालन गर्ने तयारी अगाडि बढेको छ । प्रदेश सरकारसगँ कुरा उठाइसकिएको उहाले बताउनुभयो । यस पुल क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नको लागि दोस्रो नम्बर मा प्राथमिकता दिइएको अध्यक्ष पोख्रेलको भनाई छ । पुल क्षेत्रको बाटोलाई रिङरोड बनाउन सकियो भने यसले हाम्रा पर्यटकिय क्षेत्रको बिकासमा सहयोग पुर्याउने उहाले बताउनुभयो ।
यस्तै वडाअध्यक्ष ढुण्डीराज भण्डारीले कोरोना भाइरस महामारीको बिच पनि पुलको निर्माण सकाएकोमा निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्ण लाई धन्यावाद दिनुभएको थियो ।
कार्यक्रममा पुल बनाउने मिस्त्री मान बहादुर थापालाई सम्मान गरिएको थियो ।
पुल निर्मांण समितिका उपाध्यक्ष झविन्द्र बिकको स्वागत मन्तव्य सगै सुरु भएको उद्धघाटन समारोहमा सृजनशील सामुदायिक बिकास केन्द्रका प्रतिनिधि नरेश भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम चिलिखोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिका सचिव रिसिराम पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap