कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ४३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ८ सय ८४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ७० हजार ४ सय ५६ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।