काठमाडौं – मुलुकमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार १ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।