पछिल्लो २४ घन्टामा १५ सय ५१ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएकोमा थप १५ सय ५१ जना ्संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुग्योक्रमित थपिएका हुन् । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ९० हजार आठ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २३ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६७ हजार पाँच सय ४२ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । संक्रमित निको हुने दर ७४।३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो ।

सक्रिय संक्रमितको संख्या २२ हजार सातसय नौ पुगेको छ । संस्थागत आइसोलेसनमा नौ हजार एक सय १८ जना र होम आइसोलेसनमा १३ हजार पाँच सय ९१ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई सय ४३ जना आइसियू र ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap