प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतबाट पारित भएको छ । मंगलबार दिउँसो प्रदेशको नाम राख्न गरिएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो ।

प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा ७९ जनाले मतदान गरेका थिए भने लुम्बिनी राख्न नहुने पक्षमा ४ जनाले मतदान गरेका थिए । कूल ८७ सदस्य रहेको प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी राख्न ८३ जना सांसदले मतदान गरेका थिए ।

त्यस्तै प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको थियो । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । दाङमा राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका थिए भने १३ जनाले दाङमा राजधानी बनाउने प्रदेश सरकारको राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap