प्रधानाध्यापकहरु र शिक्षकहरुको क्षमता विकास कार्यक्रम धुर्काेट गाउँपालिकामा सम्पन्न

गुल्मी- ग्रामिण विकास तथा अनुसन्धान विकास केन्द्र काठमाण्डौको आयोजना र धुर्काेट गाउँपालिकाको सँयोजकत्वमा गुल्मीकोे धुर्काेट गाउँपालिकाको केन्द्र बर्वाेट सभा हलमा तिन दिने प्रधानाध्यापकहरु र शिक्षकहरुको क्षमता विकास कार्यक्रमको आज समापन गरिएको छ ।
बुधबार, विहिबार, र शुक्रबार अर्थात आज सम्म सञ्चालन गरिएको कार्यक्रममा धुर्कोट गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरु, माध्यमिक विद्यालयका शिक्षकहरु, आधारभुत तहका शिक्षकहरु लाई क्षमता विकास गर्न प्रशिक्षण दिइएको थियो ।
पहिलो दिनको कार्यक्रमको उद्घाटन गर्दै धुर्काेट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले यस अघि पनि शैक्षिक गोष्ठि मार्फत स्पष्ट योजनाका साथ अघि बढेको र स्थानिय सरकारले शिक्षाको गुणस्तर वृद्धि गर्न यस्ता कार्यक्रमहरुलाई आगामि दिनहरुमा निरन्तरता दिनुका साथै तालिममा सिकेको कुराहरु व्यवहारमा लागु गर्नसके गुणस्तर वृद्धि हुने आफुलाई विश्वास लागेको बताउँनुभयो ।
गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि शिव बहादुर खत्रिले सम्पुर्ण विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई आआफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सामुदायिक विकास सुधार अभियानका सँयोजक अभिशेक घिमिरे र श्रीमन्त भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी सँस्थाको तर्फबाट मन्तव्य राख्दै सँस्थाका सचिव अनन्त कुवँरले आगामि दिनहरुमा धुर्काेट गाउँपालिकाको शिक्षाको विकासका लागि अझै प्रभावकारी कार्यक्रम गर्न सकिने बताउनुभयो ।
ग्रामिण विकास अनुसन्धान केन्द्रका अध्यक्ष लुमाकान्त भण्डारीले आफुहरु जहाँ भएपनि आफु जन्मेको माटो र यस ठाउँको शैक्षिक विकासको लागि चिन्तन गरिरहेको र गाउँपालिकाले यस्तो कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद दिदै यसको प्रभावकारीताको समिक्षा गरी थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
ग्रामिण विकास तथा अनुसन्धान केन्द्रमा अध्यक्ष लुमाकान्त भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन केन्द्रका सह सचिव पुष्कर खड्काले गनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap