मैन्त्री बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेड धुर्कोट उपशाखाले मनायो १९ आँै बार्षिक साधारण सभा तथा छैठौँ एकाई सभा

गुल्मी- मैन्त्री बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेड धुर्कोट उपशाखा अन्तर्गतको १९ आँै बार्षिक साधारण सभा तथा छैठौँ एकाई सभा धुर्कोट गाउँपालिकाको बर्बाेटमा आज सम्पन्न भएको छ ।

कार्यक्रममा सँस्थाका व्यवस्थापक अजुर्नप्रसाद आचार्यले आर्थिक बर्ष २०७६÷७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सँस्थाको यस आर्थिक बर्षको बार्षिक मुनाफा २ करोड ७५ लाख ६ हजार ४ सय ५६.६६ पैसा र शुद्ध नाफाको आयकर पछिको नाफा २ करोड १४ लाख ६३ हजार ३ सय ६९.१७ पैसा रहेको बताइएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा सहकारी सँस्थाका कोषाध्यक्ष खुमानन्द घिमिरेले बार्षिक निति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष तथा सञ्चालक समितिका सदस्य चिरञ्जीवि शर्माले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सँस्थाका सञ्चालक समिति सदस्य चिरञ्जीवि शर्माको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष खुमानन्द घिमिरेको प्रमुख आथित्यता रहेको थियो ।
उक्त कार्यक्रममा यस शाखाका सहयोग समितिका सँयोजक गोपाल कुँवर, राजन के.सि. र बसन्ता खड्काले मन्तव्य राख्नुभएको थियो । त्यस्तै सँस्थाका सञ्चालक समितिका सदस्य बसन्ता ज्ञवाली, सरिता सुनार र तम्घास शाखा प्रमुख रिता पाण्डेले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो भने धुर्कोट उपशाखा शाखा प्रमुख लक्ष्मी मल्ल, कर्मचारी गणेश परियार, नविन भुसाल, कमला क्षेष्ठ, शुसिल पोख्रेल, विकास पोख्रेल लगायतको सक्रियता रहको थियो ।


कार्यक्रममा लघुवित्त कार्यक्रम अन्तर्गतका ५३ जना सदस्यहरु र शेयर सदस्यहरुको तर्फबाट २९ जनाको उपस्थिति रहेको थियो । उपस्थित सदस्यहरु बाट आएका गुनासाहरुको सँस्थाका व्यवस्थापक अर्जुनप्रसाद आचार्यले सहजिकरण गनुभएको थियो । सञ्चालक समितिका सदस्य यज्ञप्रसाद शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सँस्थाका लेखा अधिकृत दिननाथ आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap