गुल्मी – सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेमा संचालित लगनशिल महिला उद्यम समुहका सदस्यहरूले सामुहिक रूपमा कुम्बु को नर्सरीको लागी जग्गा तयारी गर्नेकाम सम्पन्न गरेका छन्।
धुर्कोट गाउँपालिकाले बाख्रा स्रोत केन्द्रको रूपमा अगाडी बढाउने उदेश्यले गाउँपालिका अन्तरगतका चार वडामा नै घाँसको नर्सरी स्थापना गरी घाँस विकासलाई अगाडी बढाउँदै बाख्राको उत्पादनमा टेवा पुग्ने भएकोले नर्सरी स्थापना गर्न लागेको उक्त परियोजनाका प्राविधिक संयोजक नारायण जि सी ले जानकारी दिनु भयो।किम्बु घाँसको नर्सरी गर्नको लागी जग्गाको उपयुक्त छनोट गरि समुहकै सदस्य काशी थापाको जग्गामा सबै सदस्यको उपस्थितिमा जग्गा तयार गर्ने काम सम्पन्न भएको समुहकी अध्यक्ष श्यामकुमारी रानाले जानकारी दिनुभयो।
समुहका सदस्य हरू उत्साहित हुदै हामीले करिव २० हजार बिरूवा नर्सरी गरि तयार गर्नेछौ र सबै समुहमा उपहार प्रदान गरी घाँसको बिकासमा लाग्नेछौ।भनि सबै दिदि बैनि उत्साहितको साथ लाग्नु भयो। नर्सरीको लागी उपयुक्त जग्गा र सिन्चाईको व्यावस्था हुने ठाउँको छनोट गर्दै लगाउने तरिका समेत प्राविधिक संयोजक नारायण जि सीले सिकाउनु भयो। सामुहिक रूपमा काम गर्न पाउँदा आफुहरू निकै खुशी भएको लगनशिल महिला उद्यम समुहका दिदि बहिनीले जानकारी दिनु भयो।