लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई कपि र कलम उपहार प्रदान

गुल्मी- धुर्कोट गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वटा नं ३ हाडहाडेमा संचालित लगनशिल महिला उद्यम समुहले आज एक कार्यक्रमका बिच सोमरभोमर मा वि मा अध्यानरत ८ जना जेहेन्दार र गरिव विद्याथिलाई कपि र कलम उपाहार प्रदान गरेका छन्।

भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाउँ भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै लगनशिल महिला उद्यम समुहका २४ जनसदस्य हरूले सामुहिक कार्ययोजनामा प्रतिवद्धता गरे अनुरूप सामरभोमर मा वि हाडहाडेमा अध्यनरत कक्षा एक देखी कक्षा ८ सम्मका एक एक जना विद्याथि लाई रू ४० वरावरका ३र३ वटा कपि र रू १० वरावरका ३र३ वटा कलम उपहार प्रदान गरेका छन्। उपहार प्रदान कार्यक्रममा लगनशिल महिला उद्यम समुहकी सचिव मिना भुजेल ले हामीले जुन विद्याथिको घरमा कपि कलमको जोहो गर्न गाह्रो भएको छ उनि विद्याथि हरूको पहिचान गरी आफुहरूले गरेको सानो उपहारले विद्याथी लाई पढाईमा थप उत्साह जाग्ने छ भन्ने जानकारी गराउनु भयो।

त्यस्तै सोहि समुहले यस भन्दा पहिले पनि एक जना दुखि परिवार लाई कुखुरा उपहार कोभिडको वेला क्वारेन्टाइन बसेका दाजुभाईलाई साबुन सेनिटाइजर माक्स र बिस्कुट उपहार गरेको समुहकी अध्यक्ष स्याम कुमारी राना ले जानकारी दिनु भयो।
उक्त उपहार प्रदान कार्यक्रममा लगनशिल महिला उद्यम समुहकि उपाअध्यक्ष देउका काउछाको संचालन बाट सुरू भएको कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी र लगनशिल महिला उद्यम समुह सचिव मिना भुजेल को शुभकामना मन्तव्य सामुदायिक सहजकर्ता लक्षमण सुनार र राजेन्द्र सुनारको आतिथ्यता रहेको कार्यक्रममा समुह अध्यक्ष श्यामकुमारी रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap