३ लाख २० हजार घुस सहित मालपोत कार्यालयका दुई जना कर्मचारी रंगेहात पक्राउ

मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले कार्यालयका दुई जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो ।

घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए । मालपोत कार्यालय प्रमुख नरेशकुमार खड्काले कर्मचारी पक्राउ परेको आफुले पनि थाहा पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap