फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दो क्रममा रहेको छ । शुक्रबारदेखि अहिलेसम्म सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर आज ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार एक हजार र हिजो पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि पाँच सय रुपैयाँ बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ।आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap