धुर्कोट गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको ५ नं. प्रदेश गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी ७ गा.वि.स.हरु समावेश भएका छन्। ८६.३२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस धुर्कोट गाउँपालिकाको जनसंख्या २२४५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा रेसुङ्गा न.पा., पश्चिममा मदाने गाउँपालिका , उत्तरमा मालिका तथा ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन्। ७ वटा वडा कार्यालयहरु रहेको यस धुर्कोट गाउँपालिकाको केन्द्र वरवोट भन्ने ठाँउमा रहेको छ।
एैतिहासिक धुर्कोटकोट दरबारको काखमा रहेको धुर्कोट गाउँपालिका वडा नं ४ बर्बोट मा स्टुडियो प्रसारण कक्ष ३ कोठा सहितको कार्यालय भवन, करीब ……. मिटर अग्लो धुर्कोट कोटमा १०० वाटको ट्रासमिटर स्टेशन को ८० फिटअग्लो टावर बाट २०७६ असोज १३ गते बाट आफ्नो परीक्षण् प्रसारण शुरु गरी २०७६ मंसिर ७ गते देखि बिधिवत् रुपमा उद्घाटन गरी नियमित प्रसारण भएको सामुदायिक रेडियो धुर्कोट १०२.२ । अग्लो ठाउँमा टावर,आधुनिक तथा उत्तकृष्ट उपकरणका कारण यसको प्रसारण क्षेत्र धेरै जिल्ला ओगटेको छ ।
